क्रियाशील पत्रकारलाई ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ तालिम
खोटाङ, ५ जेठ । नेपाल पत्रकार महासङ्घ खोटाङले जिल्लामा क्रियाशील पत्रकारहरुलाई सहभागी गराएर ‘खोजपत्रकारिता एवम् मल्टिमिडिया’ सम्बन्धी पाँच दिने तालिम सुरु गरेको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पत्रकार महासङ्घ खोटाङले आज (मङ्गलबार)देखि जेठ–९ गतेसम्म पाँच दिने पत्रकारिता तालिमको आयोजना गरेको हो ।
जिल्लामा क्रियाशील पत्रकारहरुलाई खोज पत्रकारितामा केन्द्रित गर्दै डिजिटल पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरिएको आयोजक पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले जानकारी दिनुभएको छ । “हामी पत्रकारहरु औपचारिकतामा सीमित भयौँ । समाजमा लुकेर रहेका धेरै विषयवस्तुहरु हामीले उजागर गर्नुछ”, उहाँले भन्नुभयो, “जिल्लामा क्रियाशील पत्रकारहरुलाई खोज पत्रकारितामा केन्द्रित गर्दै डिजिटल पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरेका हौँ । यो तालिमले आवाजविहीनहरुको आवाज बु...









