Friday, July 31

अर्थ

जन्तेढुङ्गा गाउँपालिकाले सुरु ग¥यो राष्ट्रिय फूल ‘लालीगुराँस’ संरक्षण अभियान

जन्तेढुङ्गा गाउँपालिकाले सुरु ग¥यो राष्ट्रिय फूल ‘लालीगुराँस’ संरक्षण अभियान

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २९ चैत । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल ‘लालीगुराँस’ संरक्षण अभियान सुरु गरेको छ । स्थानीय बासिन्दाले वन क्षेत्रमा जथाभावी घाँस तथा दाउरा सङ्कलन गर्नेक्रममा लालीगुराँसका रुख तथा बिरुवामा क्षति पुगेर सङ्टकमा परेको पाएपछि गाउँपालिकाले संरक्षण अभियान सुरु गरेको हो । जथाभावी वन फँडानीका कारण लालीगुराँसको संरक्षणमा गम्भीर समस्या उत्पन्न भइ यसको अस्तित्व नै जोखिममा पर्ने अवस्था देखिएकाले संरक्षण अभियान सुरु गरिएको गाउँपालिका प्रमुख अरुणदेवी राई ‘दिक्षा’ले जानकारी दिनुभएको छ । “लागीगुराँस हाम्रो राष्ट्रिय फूल हो । वनको सौन्दर्य र जैविक विविधताको महत्वपूर्ण अङ्श भएकाले यसको संरक्षण अत्यन्त आवश्यक छ”, उहाँले भन्नुभयो, “सबै वन उपभोक्ता तथा स्थानीय बासिन्दाहरूलाई वन क्षेत्रमा घाँस तथा दाउरा सङ्कलन गर्दा गुराँसका बिरुवालाई कुनै पनि प्रकारको क्षति नगर्न अनुरोध गरेका छौँ । लाली...
हलेसी तुवाचुङ बन्यो देशभरमा सर्वोत्कृष्ट : ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित

हलेसी तुवाचुङ बन्यो देशभरमा सर्वोत्कृष्ट : ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २७ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित भएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका सूचकाङ्कमा हलेसी तुवाचुङले ९० अङ्क हासिल गर्दै देशभरका २७६ नगरपालिकामध्ये सर्वोत्कृष्ट भएपछि नेपाल नगरपालिका सङ्घले ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’सहित सम्मान गरेको हो । नेपाल नगरपालिका सङ्घको ३३ औँ स्थापना दिवसको अवसर पारेर राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा नगरप्रमुख विमला राईले सभामुख डोलप्रसाद अर्यालको हातबाट अवार्ड ग्रहण गर्नुभएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका सूचकाङ्कमा आधारमा देशभरका नगरपालिकामध्ये हलेसी तुवाचुङले उच्च अङ्क ल्याउँदै सुशासन कायम गरेकाले सम्मान गरिएको आयोजकले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लाको दोस्रो ठूलो स्थानीय तहमा पर्ने यो नगरपालिकाले पछिल्लो समय आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्...
हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका ९४ परिवारलाई निःशुल्क जस्तापाता

हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका ९४ परिवारलाई निःशुल्क जस्तापाता

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २२ चैत । हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ घर पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । यही चैत–२ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई पुनः सोही ठाउँमा स्थापित गराउन नगरपालिकाले रु ५० लाख बराबरको जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो । हावाहुरीले छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई प्राविधिक मूल्याङ्कनको आधारमा जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “विपद्मा परेका नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन नगरपालिकामा विपद् व्यवस्थापन कोष स्थापना गरिएको छ । यही चैत–२ गते राति वर्षासँगै चलेको हावाहुरीले १७० भन्दा बढी घरहरुमा क्षति गरेको थियो । जसमध्ये पूर्ण क्षति भएका ९४ घरलाई जस्तापाता उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो,...
काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २१ चैत । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ वटा निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । पूर्वाधार विकास कार्यालयसँग २६ वटा योजनामा ठेक्का सम्झौता गर्ने १९ वटा निर्माण कम्पनीले तोकिएको समयमा निर्माणको काम सुरु नगरेपछि सातभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको हो । पूर्वाधार विकास कार्यालयले युनानान निर्माण सेवा उदयपुर, विश्वशिखर निर्माण सेवा उदयपुर, अर्जुन पइन्ट इन्जिनियर डेप्लोपर्स प्रा.लि. काठमाडौँ, राइट ब्रोदर आरटिडी जेभी, इमो बुइल्डर्स प्राइभेट लिमिटेड, शिलान्यास इन्जिनियरिङ कन्सल्टिङ प्रा.लि. धादिङ, शान्तिभूमी कन्ट्रक्सन प्रा.लि. खोटाङ, अन्सुबी–नेपाल–फूलबारी–पिङ्गला जेभी, एसआर कन्ट्रक्सन खोटाङ, निर्मा मन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. खोटाङ, रानासाम्पाङ कन्ट्रक्सन प्रा.लि. खोटा...
बाँदरपीडित किसानद्धारा दिक्तेलमा ‘हलो–कोदालो’सहित बिरोध ¥याली प्रदर्शन

बाँदरपीडित किसानद्धारा दिक्तेलमा ‘हलो–कोदालो’सहित बिरोध ¥याली प्रदर्शन

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ १६ चैत । बाँदरको समस्य हल गर्न माग गर्दै जिल्लाका किसानले कृषि औजारसहित दिक्तेल बजारमा बिरोध ¥याली प्रदर्शन गरेका छन् । बाँदरपीडित किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न नेपाल सरकारसमक्ष माग गर्दै हलो, जुवा, दाँते र कोदालोसहित आज (सोमबार) दिक्तेल बजारमा बिरोध ¥याली प्रदर्शन गरेका हुन् । कृषि औजारसहित बिरोधमा उत्रिएका जिल्लाका किसानले ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हुलाकडाँडाबाट सुरु भएको बिरोध ¥याली त्रिवेणीचोक–भानुचोक हुँदै जिल्ला प्रशासन कार्यालय खोटाङ अगाडि पुगेर टुङ्गिएको थियो । बिरोध ¥याली प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई ज्ञापनपत्र बुझाउँदै खेतबारीमा बितण्डा मच्याउने बाँदरलाई तारजालीको खोरमा थुन्ने तथा परि...
रोजगारीको खोजीमा हैदरावाद पुगेको हप्ता दिन नबित्दै गाडीको ठक्करबाट तीलकको मृत्यु

रोजगारीको खोजीमा हैदरावाद पुगेको हप्ता दिन नबित्दै गाडीको ठक्करबाट तीलकको मृत्यु

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ११ चैत । रोजगारीको खोजीमा भारतको हैदरावाद पुग्नुभएका खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भँडारेका २५ वर्षीय तीलक परियारको सवारी दुर्घटनामा मृत्यु भएको छ । होटलमा काम गर्नका लागि साथीहरूसँगै यही चैत–५ गते हैदरावाद पुगेकै भोलिपल्ट चैत–६ गते गाडीले ठक्कर दिँदा गम्भीर भाइते हुनुभएका तीलकको उपचारको क्रममा आज (बुधबार) मृत्यु भएको हो । धन कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै तीलकले गाडी दुर्घटनामा ज्यान गुमाएको खबर प्राप्त भएको स्थानीय अगुवा अमरसिं बस्नेतले जानकारी दिनुभएको छ । हैदरावाद गएर होटलमा काम गर्ने भन्दै तीलक गाउँकै साथीहरु सन्तोष परियार र कृष्ण परियारको साथमा चैत–२ गते घरबाट हिँड्नुभएको थियो । पैदल तथा गाडीको बाटो हुँदै चैत–५ गते साथीहरुसँग हैदरावाद पुग्नुभएका तीलकलाई चैत–६ गते गाडीले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको थियो । पैदल यात्रा गरेर सडक पार गर्नेक्रम...
बुबाआमाको स्मृतिमा रु पाँच लाखको अक्षयकोष विद्यालयमा स्थापना

बुबाआमाको स्मृतिमा रु पाँच लाखको अक्षयकोष विद्यालयमा स्थापना

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, ८ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा रु पाँच लाखको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ । स्व. मुगाधन र भलशोभा राईका छोरा ९९ वर्षीय कर्णबहादुर राई, छोरी ८७ वर्षीया कुमारीकृष्ण राई, स्व. छोराहरु राजबहादुर र भुइचालबहादुर राईको परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुुन् । मुलधन नमासिने गरी त्यसको ब्याजबाट विद्यालयको आवश्यककीय कामकाजमा खर्च गरिने कुमारीकृष्णका छोरा भोगिन्द्र राई ‘एक्ले’ले बताउनुभएको छ । “स्वर्गीय मुगाधन र भलशोभा राई हाम्रो परिवारको प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरुको सम्मानमा परिवारका सदस्यहरु मिलेर अक्षयकोष स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो, “अक्षयकोषको संरक्षकमा परिवारकै एकजना सदस्य बसेका छौँ । मुलधन नमासिने गरी त्यसको ब्याजबाट आवश्यककीय कामकाजमा खर्च गर्ने अधिकार विद्यालयलाई दिएका छौँ ।” मुग...
हावाहुरी पीडित परिवारलाई हलेसी तुवाचुङले जस्तापाता उपलब्ध गराउने

हावाहुरी पीडित परिवारलाई हलेसी तुवाचुङले जस्तापाता उपलब्ध गराउने

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ५ चैत । हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरी पीडित परिवारलाई राहत स्वरुप घरको छाना लगाउनका लागि जस्तापाता वितरण गर्ने भएको छ । यही चैत–२ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छानामा पूर्ण रुपमा क्षति पु¥याएका पीडित परिवारलाई नगरपालिकाले जस्तापाता प्रदान गर्ने निर्णय गरेको हो । एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा हावाहुरीले ५२ घरको छानामा पूर्ण रुपमा क्षति पु¥याएको छ । हावाहुरीले वडा नं.–१ बाहुनीडाँडाका १२, वडा नं.–२ डिकुवाका चार, वडा नं.–३ च्यास्मीटारका २८, वडा नं.–८ धितुङका तीन र वडा नं.–११ राजापानीका पाँच घर स्थानीयवासीकामा क्षति पु¥याएको जनाइएको छ । हावाहुरी पीडित परिवारलाई पुनः स्थापित गराउन नगरपालिकाको तर्फबाट जस्तापाता प्रदान गर्ने निर्णय गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “घरको छाना उडाइदिएपछि खुला आकाशमुनि बस्न बाध्य छन् । उनीहरुलाई नगरपालिकाले तत्...
खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ५ चैत । खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तरगत विनियोजन भएको रु ३० करोड बजेटमा कालोपत्रको काम सुरु गरिएको हो । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का आव्हान गरिएकामा युएसजी–रक्तकन्या–हिमश्रृङखला जे.भी. काठमाडौँले रु १७ करोड ३० लाख ८२ हजार बजेटमा सम्झौता गरेर कालोपत्रको काम सुरु गरेको जनाइएको छ । सम्झौताअनुसार आज (बिहीबार)देखि ठीक दुई वर्षभित्र सडक कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । ठेकेदार कम्पनीसँगको सम्झौता अनुसार आहालेदेखि याम्खासम्म आठ दशमलव दुई किलोमिटर सडक कालोपत्र गरिने जनाइएको छ । उक्त सडकले खानीडाँडा हुँदै खोटाङ जिल्...
हावाहुरीको बितण्डा : घर, विद्यालय र सरकारी कार्यालयको छाना उडाउँदा लाखौँको क्षति

हावाहुरीको बितण्डा : घर, विद्यालय र सरकारी कार्यालयको छाना उडाउँदा लाखौँको क्षति

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ४ चैत । यही चैत–२ गते राति असिनापानीसँगै चलेको हावाहुरीले खोटाङका विभिन्न स्थानमा बसोवास गर्दै आएका स्थानीयको घर, विद्यालय भवन, स्वास्थ्यचौकी र प्रहरी चौकी लगायतको छाना उडाउँदा लाखौँको क्षति भएको छ । राति करिब ८ः०० बजेबाट सुरु भएको असिनापानीसहितको हावाहुरीले विभिन्न स्थानीय तहमा बसोवास गर्दै आएका व्यक्तिको ६८ वटा घरको जस्तापाता तथा फुसको छाना उडाउँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारी अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नौँवटा घरको छाना उडाउँदा रु दश लाख ९० हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आठवटा घरको छाना उडाउँदा रु १२ लाख दश हजार तथा एक घरमा भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा चारवटा घरको छाना उडाउँदा रु तीन लाख ५० हजार तथा ३७ वटा घरमा पुगेको क्षतिको यकिन विवरण आउन बाँकी रहेको ज...