प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो प्रतिमासहितको उद्यान उद्घाटन विवादमा
खोटाङ, १३ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको प्रथम किराती राजा यलम्बरको पूर्णकदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) उद्घाटन विवादमा परेको छ । कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण गरिएको पार्क कसको हातबाट र कुन मितिमा गर्ने भन्ने विषयमा वडा कार्यालय र नगरपालिकाबीच मतभेद देखिएको हो ।
वडा कार्यालय बुइपाले यही वैशाख–९ गते शुभम् फाउण्डेसन सोल्मामा पत्रकार सम्मेलन गर्दै वैशाख–१८ गते साकेला उँभौलीको अवसर पारेर श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’को हातबाट गराइने जानकारी दिएको थियो । तर, वैशाख–१२ गते बसेको नगर कार्यपालिका बैठकले भने, वैशाख–१७ गते बिहान ८ः३० बजे कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र किरात रा...









