त्रिधार्मिकस्थल हलेसीमा महाशिवरात्री मेला : भक्तजन तथा दर्शनार्थीको बाक्लो भीड
खोटाङ, ३ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा लागेको महाशिवरात्री मेलामा भक्तजन तथा दर्शनार्थीको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा महाशिवरात्रीको अवसर पारेर तीन दिनसम्म लाग्ने बृहत मेलामा बिहानैदेखि दर्शनार्थी तथा भक्तजनको भीड लागेको हो ।
हलेसीमा लागेको महाशिवरात्री मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायत विभिन्न राष्ट्रबाट करिब तीन हजारको हाराहारीमा भक्तजन तथा दर्शनार्थीहरु हलेसी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेकाले पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ ।
हलेसीमा लागेको महाशिवरात्री मेला भर्न आउने दर्शनार्थी तथा भक्तजनलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक तथा प्रहरीसमेत परिचालन गरिएक...









