Tuesday, April 21

गृह पृष्ठ

छोराछोरीलाई जागिरे बनाएपछि आफू पढेर ‘डिग्री होल्डर’ बन्नुभयो ७० वर्षीय ईन्द्रबहादुर

छोराछोरीलाई जागिरे बनाएपछि आफू पढेर ‘डिग्री होल्डर’ बन्नुभयो ७० वर्षीय ईन्द्रबहादुर

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, ११ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित मुडेका ७० वर्षीय ईन्द्रबहादुर थापाका तीन छोरा र तीन छोरी छन् । करिब ७० वर्षअघि वि.सं. २०१३ सालमा बुबा रत्नबहादुर तथा आमा लिलादेवी थापाको कोखबाट पाँचौँ सन्तान (अन्तरे)का रुपमा जन्मनुभएका ईन्द्रबहादुरले वि.सं. २०३२ सालमा प्रवेशिका परीक्षा (एसएलसी) द्धितीय श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो । एसएलसी उत्तीर्ण गरेपछि सरकारी जागिरसँगै घर व्यवहार, छोराछोरीको शिक्षादिक्षाका लागि समय बिताउनुभएका ईन्द्रबहादुरका जेठा छोरा मनोज सिभिज ईन्जिनियर (युएनमा कार्यरत), माहिलो विनोज नेपाली सेना तथा कान्छा छोरा प्रनोज थापा अमेरिकामा कम्प्युटर साईन्स् लिएर मास्टर्स डिग्री (स्नातकोत्तर) अध्ययन गर्दै हुनुहुन्छ । जेठी छोरी मनिता कृषि मन्त्रालय अन्तरगत दशौँ तहमा कार्यरत (हाल बिदा लिएर अमेरिकामा पिएचडी अध्ययनरत), माहिली सरिता नेपाल एयर लायन्समा लेखा अध...
एउटै घरका दाजु–बहिनी फरक–फरक राजनीतिक दलबाट समानुपातिक उम्मेदवार

एउटै घरका दाजु–बहिनी फरक–फरक राजनीतिक दलबाट समानुपातिक उम्मेदवार

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १० पुस । नेपाली साँगीतिक जगतका चर्चित गायिका सत्यकला राई र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता खगेन्द्र राई एउटै घरका दाजु–बहिनी हुनुहुन्छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पा स्थायी घर भएका दाजु–बहिनी खगेन्द्र र सत्यकला आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा फरक–फरक राजनीतिक दलबाट समानुपातिक उम्मेदवार बन्नुभएको छ । चर्चित गायिका सत्यकला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तथा खगेन्द्र एमालेबाट समानुपातिक उम्मेदवारको रूपमा खोटाङबाट सिफारिस हुनुभएको सम्बन्धित राजनीतिक दलले जानकारी दिएको छ । सयौँ चर्चित नेपाली गीतमा स्वर दिइसक्नुभएकी गायिका सत्यकलालाई रास्वपा खोटाङले समानुपातिक तर्फको प्रारम्भिक उम्मेदवारको सूचीमा १ नम्बरमा समावेश गरेको हो । प्रत्यक्षतर्फको उम्मेदवारको नाम भने केही दिनपछि टुङ्ग्याउनेगरी समानुपातिक तर्फको नाममात्र सिफारिस गरिएको रास्वपा खोटाङका...
जनबहुमुखी आधारभूत विद्यालयको भवन उद्घाटन कार्यक्रममा अक्षयकोष स्थापना

जनबहुमुखी आधारभूत विद्यालयको भवन उद्घाटन कार्यक्रममा अक्षयकोष स्थापना

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १० पुस । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित घोर्लेमा सञ्चालित जनबहुमुखी आधारभूत विद्यालयमा निर्माण गरिएको चारकोठे विद्यालय भवन उद्घाटनसँगै अक्षयकोष स्थापना गरिएको छ । नेपाल सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालयलाई प्राप्त रु १८ लाख तथा वडा कार्यालयबाट विनियोजित रु दुई लाख ५० हजार लागतमा विद्यालय भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि जग्गा सम्याउन गाउँपालिकाले रु तीन लाख बराबर सहयोग गरेको विद्यालयका प्रधानाध्यापक जुनिता राईले जानकारी दिनुभएको छ । विद्यालय भवन निर्माणका लागि स्थानीय जग्गा दाताहरु स्व. मानदत्त राई र बसुनीमाया राईको परिवारले एक रोपनी र स्व. छत्रबहादुर राईको परिवारले दुई रोपनी जग्गाा निःशुल्क उपलब्ध गराउनुभएको विद्यालय प्रशासनले जनाएको छ । भवन उद्घाटन कार्यक्रममा विद्यालयको चौतर्फी विकासका लागि स्थानीय शिवप्रसाद राई र ललितकुमारी राईको...
बाँदर व्यवस्थापन गर्न दिक्तेल रुपाकोट मझुवागढीमा ‘पाइलटिङ’ कार्यक्रम

बाँदर व्यवस्थापन गर्न दिक्तेल रुपाकोट मझुवागढीमा ‘पाइलटिङ’ कार्यक्रम

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर व्यवस्थापन गर्नका लागि ‘पाइलटिङ’ परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । बाँदरको समस्याबाट पीडित किसानलाई राहत दिलाउन र बालीनालीको सुरक्षा गर्न सङ्घीय सरकारसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज (बुधबार) बसेको उच्चस्तरीय बैठकले नगरपालिकामा बाँदर व्यवस्थापनका लागि ‘पाइलटिङ’को कार्यक्रम सञ्चलन गर्ने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “बैठकले बाँदर व्यवस्थापनका लागि बन्ध्याकरण गर्ने निर्णय गरेको छ । यसका लागि दक्ष जनशक्ति र उपकरण आवश्यक पर्छ । त्यो भारत सरकारसँग माग गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “सरकारको यो निर्णयले नगरवासीका लागि ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ । यहाँ परीक्षण गरिएको कार्यक्रम सफल भएको खण्डमा सरकारले देशभर सञ्च...
चोरी तथा लुटपाटका घटना वृद्धि हुन थालेपछि सचेतता अपनाउन प्रहरीको आग्रह

चोरी तथा लुटपाटका घटना वृद्धि हुन थालेपछि सचेतता अपनाउन प्रहरीको आग्रह

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ९ पुस । चोरी तथा लुटपाटका घटना वृद्धि हुन थालेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ । जिल्ला तथा छिमेकी जिल्लाहरुमा अपरिचित व्यक्ति तथा समूह आएर विभिन्न बहानामा चोरी तथा लुटपाट गरेको उजुरी जिल्ला प्रहरी कार्यालय खोटाङमा आउन थालेपछि प्रहरीले सार्वजनिक सूचना जारी गर्दै सचेतता अपनाउन जिल्लावासीलाई आग्रह गरेको हो । गाउँ, टोल तथा घरमा जडिबुटी बेच्ने, धामी÷झाँक्री गर्ने, सर–सामान बेच्ने, लत्ताकपडा बेच्ने, भिक्षा माग्ने आदि बहाना बनाउँदै आएका अपरिचित व्यक्तिहरुबाट सचेत रहन प्रहरीले अनुरोध गरेको छ । कुनै पनि व्यक्ति वा समूहले घरमा वास माग्ने आदि गरेमा त्यस्ता व्यक्तिहरुलाई वास दिनु परेमा निजहरुको स्पष्ट परिचय लिएर निजको अनुमति लिइ फोटो खिचेर तथा स्थानीय जनप्रतिनिधि, टोल छिमेक, प्रहरीलाई जानकारी गराएर मात्र वास दिन प्रहरीले जारी गरेको सूचनामा उल्लेख ...
एमाले खोटाङबाट समानुपातिक सांसदका लागि तीन नेताको नाम सिफारिस

एमाले खोटाङबाट समानुपातिक सांसदका लागि तीन नेताको नाम सिफारिस

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि तीन जना नेताको नाम सिफारिस गरेको छ । एमाले केन्द्रीय सदस्य तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरुको संयुक्त बैठकले एमाले केन्द्रीय सदस्य उषाकला राई, केन्द्रीय अनुसाशन आयोगका सदस्य कर्णबहादुर घले र पूर्व केन्द्रीय सदस्य खगेन्द्र राईको नाम सिफारिस गरेको हो । एमालेले प्रदेश समितिले समानुपातिक सांसदतर्फ बन्द सूचीमा समावेश गरिने नामहरू माग गरेकाले तीन नेताको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष देवबिक्रम राईले जानकारी दिनुभएको छ । प्रत्यक्षतर्फका लागि भने पार्टीले माग गरेपछि सर्वसहमतिमा नाम सिफारिस गरिने एमालेले जनाएको छ । एक निर्वाचन क्षेत्र रहेको खोटाङबाट राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले मात्र अहिलेसम्म प्रत्यक्षतर्फका उम्मेदवार घोषणा गरेका छन् । जिल्लामा क्रियाशील अन्य राज...
फ्रान्सबाट पुष्पकुमार राईले पठाएको रकमले विद्यार्थीलाई ट्र्याकसुट, टोपी र झोला

फ्रान्सबाट पुष्पकुमार राईले पठाएको रकमले विद्यार्थीलाई ट्र्याकसुट, टोपी र झोला

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, ९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित सोतीमा सञ्चालित शिखर आधारभूत विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट, टोपी र झोला उपलब्ध गराइएको छ । खार्मीस्थित सोती स्थायी घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलमा फ्रान्समा रहनुभएका पुष्पकुमार राईले उपलब्ध गराउनुभएको रकमले खरिद गरिएको ट्र्याकसुट, टोपी र झोला मङ्गलबार विद्यार्थीलाई उपलब्ध गराइएको हो । सोतीका स्थानीयवासी एवम् कालिका माध्यमिक विद्यालय खार्मीका शिक्षक दिपेन्द्र दाहालको समन्वयमा राईले उपलब्ध गराउनुभएको रकमबाट खरिद गरिएको ट्र्याकसुट, टोपी र झोला राईका बुबा शङ्खबहादुर राई र आमा रामसरी राईको उपस्थितिमा विद्यार्थीलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर दाहालले जानकारी दिनुभएको छ । हिउँद लागेसँगै जाडो बढ्दै गएको अवस्थामा फ्रान्समा रहनुभएका राईले उपलब्ध गराउनुभएको रु ३५ हजार रकमबाट खरिद गरिएको ट्र्याकसुट...
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङबाट ११२ वटा आयोजनाको ठेक्का आव्हान

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङबाट ११२ वटा आयोजनाको ठेक्का आव्हान

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ८ पुस । भौतिक पूर्वाधार कार्यालय खोटाङले ११२ आयोजनाका लागि ठेक्का आव्हान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२÷८३ का लागि स्वीकृत भएको रु ६६ करोड बराबरको १२३ वटा आयोजनाको ठेक्का गर्नुपर्नेमा पूर्वाधार कार्यालयले पुस–३ गतेसम्ममा ११२ आयोजनाको ठेक्का आव्हान गरिसकेको हो । ठेक्का आव्हान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालय खोटाङका कार्यालय प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । “कोशी प्रदेश सरकारबाट स्वीकृित प्राप्त आयोजनाको बजेटको हिसाबले ९६ दशमलव २३ प्रतिशत र आयोजना सङ्ख्याको हिसाबले ९१ दशमलव ०६ प्रतिशत आयोजनाका लागि ठेक्का आव्हान गरिसकेका छौँ । बाँकी ११ वटा आयोजना प्रक्रियामा छ”, उहाँले भन्नुभयो, “जग्गाको स्वामित्व नरहेको तथा स्थानीयको विवाद रहेको जस्ता आयोजनाको ठेक्का आव्हान गर्न बाँकी छ । ती आयोजना...
वृद्ध दम्पतीको हातखुट्टा बाँधेर हतियार देखाउँदै सेखुवामा नगद तथा गहना लुटपाट

वृद्ध दम्पतीको हातखुट्टा बाँधेर हतियार देखाउँदै सेखुवामा नगद तथा गहना लुटपाट

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ८ पुस । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवा झगरपुरका ६६ वर्षीय ज्ञानबहादुर बुढाथोकी र उहाँकी श्रीमती चन्द्रकुमारी बुढाथोकीको घरमा लुटपाट तथा चोरी भएको छ । उदयपुरबाट आएर जिल्लामा काठ ओसारपसार गर्ने पेशा गर्दै आएको बताउने राई थरका करिब ३०–३५ वर्षीय दुई जना व्यक्तिले बुढाथोकी दम्पतीलाई पेस्तोल र खुकुरी देखाउँदै नगद तथा गहना लुटपाट गरेका हुन् । बास माग्दै पुस–६ गते बेलुका घरमा आएर बसेका उनीहरुले सोही राति करिब नौँ बजे बुढाथोकी दम्पतीको हात, खुट्टा र मुख बाँधेर पेस्तोल तथा खुकुरी देखाउँदै श्रीमतीको कानमा लगाएको एक तोलाको सुनको कुण्डल, नगद रु एक लाख ५० हजार ६०० का साथै आईएआई एघार र जेटिई ब्लेड ए ३५ मोडलको मोबाइल लुटेर लगेको पीडित परिवारले जनाएको छ । आफूहरु धामी÷झाँक्रीको कामसमेत गर्ने भन्दै बास मागेर बसेका उनीहरुले घरमा छोरा÷छोरी कोही नभएको मौका छोपेर नगद तथा सुनका गहना लुट...
दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति भानुभक्त आचार्यको सालिक पुनः निर्माण सुरु

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति भानुभक्त आचार्यको सालिक पुनः निर्माण सुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ८ पुस । दिक्तेल बजारको भानुचोकमा स्थापित राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माणको काम सुरु गरिएको छ । लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको भानुभक्तको सालिकलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित पुनः निर्माणको प्रक्रिया अघि बढाइएको हो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत भानुभक्तको सालिक पुनः निर्माणसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम सुरु गरिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । कार्यालय प्रमुख दाहालका अनुसार भानुभक्तको सालिक जीर्ण अवस्थामा पुगेकाले संरक्षण आवश्यक देखिएपछि हाल रहेको स्थानभन्दा केही पर सारेर आधुनिक ढङ्गले पुनः निर्माणको काम सुरु गरिएको हो ।...