साकेलामा अपाङ्ता भएका नागरिकका लागि सहायता समाग्री वितरण
खोटाङ, १६ साउन । साकेला गाउँपालिकाले अपाङ्ता भएका नागरिकको सहजताका लागि सहायता समाग्री वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको अपाङ्ता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत अपाङ्गता भएका नागरिकहरुलाई सेतो छडी, श्रवणयन्त्र र हिँडडुल गर्न प्रयोग हुने कुइनो वैशाखी वितरण गरेको हो ।
जिल्लाको सबैभन्दा सानो (पाँच वडा रहेको) यो गाउँपालिकाले सबै प्रकारका नागरिकको सहजताका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । गाउँपालिकाभित्र पर्ने सबै वडाका नागरिकलाई उपलब्ध गराउनेगरी सुरुवात गरिएको कार्यक्रम अन्तरगत बिहीबार वडा नं. २ रतन्छाका दश जना नागरिक सहायक समाग्रीहरु हस्तान्तरण गरिएको हो ।
वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राईले सहायक सामग्री हस्तान्तरण गर्नुभएको छ । अन्य वडाका अपाङ्गता भएका नागरिकहरुलाई क्रमश सहायक समाग्रीहरु वितरण ग...
