Thursday, July 30

राजनीति

बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने

बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २९ जेठ । बाँदरपीडित किसानले जन्तेढुङ्गा गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । वर्षभरी खानका लागि आफूहरुले लगाएको अन्नबाली बाँदरले सखाप बनाएर उठिवास बनाएको भन्दै गाउँपालिकाका किसानहरुले शुक्रबार चिसापानीस्थित गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् । प्लेकार्ड बोकेर नाराबाजीसहित गाउँपालिकाको कार्यालय चिसापानी बजार पुगेका किसानले आफूहरुको माग गाउँपालिकाले पूरा नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले गाउँपालिका प्रमुख अरुणादेवी राई र उपप्रमुख खेमबहादुर खड्कालाई भेटेर बाँदर आतङ्कलाई दीर्घकालीन समाधानको उपाय अपनाउन आग्रह गरेका छन् । गाउँपालिकाको कार्यालय घेराउपछि आयोजना गरिएको छलफल कार्यक्रममा सहभागी स्थानीय सूर्य राईले ‘कि जनता पाल, कि बाँदर पाल, बाँदर पाल्ने हो भने जनता मार’ भन्दै आक्रोश पोख्नुभएको छ । “बाँदरले बाँच्न दिने अवस्था छैन । वर्षभरी खानका लागि लगाइएको ...
पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध

पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २९ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल–चखेवाभञ्ज्याङ सडक अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल–चखेवाभञ्ज्याङखण्डमा सडकभन्दा माथिबाट झरेको पहिरोसहितको बाढीले करिब ५० मिटर सडक बगाएपछि तीन दिनदेखि यातायात सेवा अवरुद्ध भएको हो । मोटरेबल पक्की पुल निर्माणाधीन अवस्थामा रहेको पङ्खुखोलामा सडकमाथिबाट आएको बाढीले खोलेर ठूलो खाडल बनाएपछि पैदल यात्रुसमेत वार–पार गर्न सक्ने अवस्था छैन । लेदोसहितको बाढीले सडक बन्नुअघिको अवस्थामा पु¥याएकाले अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिनुभएको छ । सडक अबरुद्ध भएपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ तथा काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने बस, सुमो र मोटरसाइकल...
घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर

घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २८ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले घरबार विहीन विपन्न घर परिवारका लागि जस्तापाताको छानासहितको भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ । बिहान÷बेलुकाको छाक टार्नसमेत धौधौ पर्ने वडा नं.–१० अर्खौलेस्थित नागीका टेकबहादुर सार्कीको परिवारलाई नगरपालिकाले नयाँ भूकम्प प्रतिरोधी दुई कोठे घर निर्माण गरेर हस्तान्त्रण गरेको हो । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत नगरपालिकाका तीन घर विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गर्ने कार्यक्रमअनुसार निर्माण सम्पन्न भएको टेकबहादुर सार्कीको परिवारलाई नयाँ भूकम्प प्रतिरोधी घर हस्तान्त्रण गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “नगरपालिकाभित्रका नागरिकको सुरक्षित आवासको सुनिश्चितताको लागि तीन विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिएको छ । जीर्ण घरमा बस्दै आएका मङ्गलटारका भया ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित हुनुभएको छ । रास्वपा खोटाङको आइतबार साँझ सम्पन्न प्रथम जिल्ला अधिवेशनमा सर्वसहमतिले नयाँ नेतृत्व चयन नभएपछि गरिएको निर्वाचनमा ओजोनबाबु आचार्यलाई भारी मतले पराजित गर्दै थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । जिल्ला सभापतिका अर्का उम्मेदवार आचार्यले २८ मत ल्याउँदा थापाले ७८ मत ल्याएर सभापतिमा विजयी हुनुभएको जनाइएको छ । वि.सं. २०८१ पुस–१३ गते भएको प्रथम जिल्ला भेलाबाट सभापतिमा निर्वाचित हुनुभएका थापा पुनः प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका स्थायी वासिन्दा जिल्ला सभापति थापा पेशाले सिभिल इन्जिनियर हुनुहुन्छ । नवनिर्वाचित जिल्ला सभापति थापाले यसअघि वि.सं. २०८१ ...
संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा

संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २४ जेठ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा स्थापना गरिएको प्रजातान्त्रिक योद्धा एवम् क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) सङ्कटमा परेको छ । तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश सरकार)को रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु ४९ लाखगरी जम्मा रु ७९ लाखमा स्थापना गरिएको क्रान्ति नायक राईको पूर्णकदको शालिक तथा स्मृति पार्क संरक्षण अभावमा सङ्कटमा परेको हो । क्रान्ति नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिकस्थल टुँडीखेललाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ तीन वर्षअघि क्रान्ति नायक राईको शालिकसहितको स्मृति पार्क निर्माण गरिएको थियो । वि.सं. २०८० फागुन–८ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य (हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य) रामकुमार राई ‘पासाङ’ले क्रान्ति नायक ...
उत्पादन वृद्धि र लागत कम गर्न रावाबेँसीका कृषकलाई आधुनिक कृषि सामग्री

उत्पादन वृद्धि र लागत कम गर्न रावाबेँसीका कृषकलाई आधुनिक कृषि सामग्री

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २१ जेठ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र कृषकको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकै दिन रु २६ लाख बराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको आधुनिक कृषि सामग्री गाउँपालिकाभित्रका विभिन्न कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको हो । गाउँपालिकाको ७५ तथा कृषकको २५ प्रतिशत लगानीमा खरिद गरिएको कृषि सामग्री गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको गाउँपालिकाका कृषि प्राविधिक उद्धव बास्तोलाले जानकारी दिनुभएको छ । सम्बन्धित वडा कार्यालयले सिफारिस गरेपछि गाउँपालिकाको कृषि विकास समितिले छनोट गरेर आवश्यकताका आधारमा कृषकलाई कृषि सामग्री प्रदान गरेको हो । कृषि विकास समितिबाट छनोट भएका कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । परम्परा...
दिक्तेल रुपाकोट मझुवागढीमा ‘म वातावरणको संरक्षण गर्छु’ अभियान

दिक्तेल रुपाकोट मझुवागढीमा ‘म वातावरणको संरक्षण गर्छु’ अभियान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १९ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘म वातावरणको संरक्षण गर्छु’ अभियान सञ्चालन गर्ने भएको छ । वातावरण संरक्षण, जैविक विविधताको संवद्र्धन, जलवायु परिवर्तनका चुनौतीहरुको सामना तथा स्वच्छ र हरित भविष्य निर्माणका लागि नगरपालिकाले अभियान सञ्चाल गर्ने भएको हो । बढ्दो प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापनको समस्या तथा प्राकृतिक स्रोतहरुको अन्दाधुन्द दोहनले वातावरणीय सङ्कट गहिरिँदै गएकाले संरक्षण गर्न अभियान सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “स्वच्छ वाहा, सफा पानी, उर्वर भूमि र जैविक विविधता बिना मानव अस्तित्वको सम्भावना छैन । वातावरण मानव जीवनको आधार हो”, उहाँले भन्नुभयो, “अभियानले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न, वातावरण संरक्षणमा नागरिकको सहभागिता बढाउन र भावी पुस्ताप्रति हाम्रो जिम्मेवारीलाई आत्मसाथ गर्न सहयोग...
जोर्तीघाटमा दुईवटा झोलुङ्गे पुल : तीन जिल्लाका स्थानीयलाई आवतजावतमा सहज

जोर्तीघाटमा दुईवटा झोलुङ्गे पुल : तीन जिल्लाका स्थानीयलाई आवतजावतमा सहज

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १७ जेठ । दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल ज्योर्तीघाटमा एकसाथ दुईवटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका–१४ लेखानीलाई जोड्नेगरी दूधकोशी र सुनकोशीमा दुईवटा झोलुङ्गे पुल निर्माण गरिएको हो । जोर्तीघाटमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि तीन जिल्लाका नागरिकलाई ठूलो राहत मिलेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताउनुभएको छ । “पुलले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ । पुल सञ्चालनसँगै खोटाङ, ओखलढुङ्गा र उदयपुरका स्थानीयलाई आवतजावतमा सहज भएको छ”, उहाँले भन्नुभयो, “पुल सञ्चालन भएपछि विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुगेको छ ...
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना : बजेटमा समावेश, यसै वर्ष ठेक्का आव्हान

दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना : बजेटमा समावेश, यसै वर्ष ठेक्का आव्हान

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १५ जेठ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । नेपाल सरकारले जेठ–१५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेटमा दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने निश्चित भएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउनेगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ–१५ गते प्रस्तुत गर्नुभएको बजेटमा समावेश गर्नुभएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनका लागि यसै आर्थिक वर्ष ठेक्का आव्हान गरेर आयोजनाको काम अगाडि बढाउने अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणमार्फत जानकारी दिनुभएको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने रभुँ...
जसपाका केन्द्रीय सदस्य राकेश राई र प्रदेश सदस्य गुरुराज राई श्रम संस्कृति पार्टी प्रवेश

जसपाका केन्द्रीय सदस्य राकेश राई र प्रदेश सदस्य गुरुराज राई श्रम संस्कृति पार्टी प्रवेश

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १४ जेठ । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका उम्मेद्वार राकेश राई र प्रदेश समिति सदस्य एवम् खोटाङ जिल्लाका कार्यवाहक पार्टी अध्यक्ष तथा केपिलासगढी गाउँपालिकाका निर्वाचित उपप्रमुख गुरुराज राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ । अशोक राई नेतृत्वको जसपाका केन्द्रीय सदस्य राकेश र प्रदेश सदस्य एवम् कार्यवाहक जिल्ला अध्यक्ष गुरुराज बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्नुभएको हो । नवप्रवेशी नेताद्धयलाई पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’, उपाध्यक्ष देवराज लामा, महासचिव एवम् खोटाङका प्रतिनिधिसभा सदस्य आरेन राई, उपमहासचिव समीर तामाङ, विदेश विभाग प्रमुख तेज राई लगायतले स्वागत गर्नुभएको छ । नेपालमा अबको राजनीतिक निकास श्रम संस्कृति पार्टीले मात्रै द...