फ्रान्सबाट पुष्पकुमार राईले पठाएको रकमले विद्यार्थीलाई ट्र्याकसुट, टोपी र झोला
खोटाङ, ९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित सोतीमा सञ्चालित शिखर आधारभूत विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट, टोपी र झोला उपलब्ध गराइएको छ । खार्मीस्थित सोती स्थायी घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलमा फ्रान्समा रहनुभएका पुष्पकुमार राईले उपलब्ध गराउनुभएको रकमले खरिद गरिएको ट्र्याकसुट, टोपी र झोला मङ्गलबार विद्यार्थीलाई उपलब्ध गराइएको हो ।
सोतीका स्थानीयवासी एवम् कालिका माध्यमिक विद्यालय खार्मीका शिक्षक दिपेन्द्र दाहालको समन्वयमा राईले उपलब्ध गराउनुभएको रकमबाट खरिद गरिएको ट्र्याकसुट, टोपी र झोला राईका बुबा शङ्खबहादुर राई र आमा रामसरी राईको उपस्थितिमा विद्यार्थीलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर दाहालले जानकारी दिनुभएको छ । हिउँद लागेसँगै जाडो बढ्दै गएको अवस्थामा फ्रान्समा रहनुभएका राईले उपलब्ध गराउनुभएको रु ३५ हजार रकमबाट खरिद गरिएको ट्र्याकसुट...









