Tuesday, April 21

गृह पृष्ठ

साकेला गाउँपालिकाद्वारा अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री वितरण

साकेला गाउँपालिकाद्वारा अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री वितरण

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ७ पुस । साकेला गाउँपालिकाले अपाङ्गता भएका नागरिकको जीवन सहज बनाउने उद्देश्यले सहायक सामग्री उपलब्ध गराएको छ । गाउँपालिका प्रमुख रविप्रकाश राईले एक कार्यक्रमबीच अपाङ्गता भएका नागरिकलाई आवश्यक सहायक सामग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका प्रतिनिधिहरूको प्राविधिक टोलीको उपस्थितिमा विभिन्न कारणबाट अपाङ्गता गाउँपालिकाभित्रका १५ जना व्यक्तिका लागि अर्थोपेडिक जुत्ता निर्माण गर्न खुट्टाको नापजाँच लिइएको छ । यस सेवाले अपाङ्गता भएका नागरिकको दैनिक आवत–जावत र जीवनयापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । सहायता सामग्री हस्तान्तरण कार्यक्रमको अवसरमा गाउँपालिका प्रमुख राईले वडा नं. ४ का नौँ वर्षीय युवराज कटवाल र वडा नं. ५ का दश वर्षीय इजन खत्रीलाई सहायक सामग्री ह्वीलचियर हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका उपप्रमुख बिर्सिका राईसहित जनप्रतिनिधि, ...
सालपा विकास बैङ्कले पुस–१६ गतेबाट सर्वसाधारणका लागि आईपिओ खुला गर्ने

सालपा विकास बैङ्कले पुस–१६ गतेबाट सर्वसाधारणका लागि आईपिओ खुला गर्ने

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ७ पुस । सालपा विकास बैङ्कले सर्वसाधारणका लागि यही पुस–१६ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्कासन गर्ने भएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित वि.सं. २०६९ साउन–३ गते दिक्तेल बजारमा प्रधान कार्यालय स्थापना गरेर सेवा सुरु गरेको बैङ्कले १३ वर्षपछि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । संस्थापक शेयर सदस्यको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी रु दुई करोड लगानीमा स्थापना गरिएको बैङ्कले आफ्नो जारी कूल चुक्ता पुँजीको ३३ प्रतिशतले हुन आउने रु १७ करोड २३ लाख ८८ हजार बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । बैङ्कले पहिलो चरणमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर रोजगारी गरिरहेका नेपालीका लागि एक लाख ७२ हजार ३८८ कित्ता तथा सामूहिक लगानी कोषका लगानीकर्ताका लागि ८६ लाख १९४ कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।...
एमाले महाधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न विद्यार्थी सङ्गठनको माग

एमाले महाधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न विद्यार्थी सङ्गठनको माग

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार
खोटाङ, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरुलाई कारबाही गर्न खोटाङका दुई विद्यार्थी सङ्गठनले माग गरेको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियू खोटाङले शिक्षा विकास तथा समन्वय ईकाई खोटाङमा आज (आईतबार) ध्यानाकार्षणपत्र बुझाउँदै एमाले महाधिवेशनमा सहभागी शिक्षक तथा कर्मचारीहरुलाई कानूनी कारबाहीको माग गरेको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङका अध्यक्ष डार्विन चाम्लिङ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन खोटाङका सचिव रेसजोन राईले हस्ताक्षर गर्नुभएको पत्रमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा सञ्चालित समाज सेवा आधारभूत विद्यालयका प्रधा...
मादक पदार्थ सेवन गरेका छिमेकीको कुटाइबाट ५८ वर्षीय रोकाको मृत्यु

मादक पदार्थ सेवन गरेका छिमेकीको कुटाइबाट ५८ वर्षीय रोकाको मृत्यु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ६ पुस । दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडास्थित सिगानेका ५८ वर्षीय पदम रोकाको कुटपिटबाट निधन भएको छ । सोही ठाउँका ५० वर्षीय दिलकुमार भुजेलले आज (आईतबार) बिहान करिब ११ः०० बजेको समयमा आफ्नै घरमा आएर कुटपिट गर्दा रोकाको घटनास्थलमै मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेर रोकाको घरमा गएका भुजेलले अन्दाधुन्द कुटपिट गर्दै बरन्डाको भ¥याङमुनि खसाल्दा मुन्टो भाँचिएको अवस्थमा मृत फेला पारिएको वडाध्यक्ष दिनेश कठेतले जानकारी दिनुभएको छ । कुटपिटको घटनामा संलग्नलाई छुट्याउने क्रममा मृतक रोकाका बुहारीहरु एलिसा र पुष्पा रोकासमेत घाइते भएको जनाइएको छ । निर्मलीडाँडामा भएको घटनाको जानकारी पाएलगत्तै परिचालन गरिएको प्रहरी टोलीले कुटपिटमा संलग्न भुजेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । स्थानीयको सहयोगमा नियन्त्रण...
मादक पदार्थ सेवन गरेका व्यक्तिले बिना लाईसेन्स चलाएको मोटरसाईकल चढ्दा…

मादक पदार्थ सेवन गरेका व्यक्तिले बिना लाईसेन्स चलाएको मोटरसाईकल चढ्दा…

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ५ पुस । कृषि ज्ञान केन्द्र खोटाङका कार्यालय सहयोगी पदमबहादुर खड्का शुक्रबार बिहान सबेरै दिक्तेल बजारस्थित कार्यालय पुग्नुभएको थियो । कार्यालयमा पुग्नासाथ आफ्नो काम सकेर करिब साढे ११ बजे कार्यालय बाहिर निस्कुभएका कार्यालय सहयोगी खड्का अब कहिल्यै कार्यालय नफर्कने हुनुभएको छ । व्यक्तिगत काम लिएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा जानुभएका ५५ वर्षीय कार्यालय सहयोगी खड्काले मोटरसाईकल दुर्घटनामा ज्यान गुमाउनुभएको छ । सोही नगरपालिकाको वडा नं. ७ दोर्पाचिउरीडाँडाका ३० वर्षीय दिनेश आचार्यले चलाएको मोटरसाईकल शुक्रबार सोल्मामा दुर्घटना हुँदा मोटरसाइकलको पछाडि चढेर घर फर्कनेक्रममा गम्भीर घाइते हुनुभएका खड्काको मृत्यु भएको हो । दोर्पाबाट दिक्तेल आउँदै गरेको प्रदेश १–०५००१ प १७६४ नम्बरको मोटरसाईकल रोकेर पछाडि चढ्नुभएका खड्का मध्यपहाडी लोकमार्ग अन्तरगत सोल्मामा सडकभन्दा करिब १५० मिटर...
मोटरसाईकल दुर्घटनामा दिक्तेलका ५५ वर्षीय खड्काको मृत्यु

मोटरसाईकल दुर्घटनामा दिक्तेलका ५५ वर्षीय खड्काको मृत्यु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ४ पुस । मोटरसाईकल दुर्घटनामा परेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवा सडकखण्डको सोल्मामा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाइते बन्नुभएका खड्काको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाईकलको पछाडि बस्नुभएका खड्का गम्भीर घाइते भएको र तत्कालै उद्दार गरि उपचारकाका लागि जिल्ला अस्पताल ल्याएको केही समयपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही नगरको वडा नम्बर– ७ बस्ने ३० वर्षीय दिनेश आचार्यले चलाउनुभएको प्र.१०५००१ प १७६४ नम्बरको मोटरसाइकल शुक्रबार साँझ सडकबाट करिब ५५ मिटर तल झरेर दुर्घटना भएको हो । मोटरसाईकल चालक आचार्य भने सकुशल रहेको र दुर्घटना पश्चात् आफैले प्रहरीलाई खबर गरेको जनाइएको छ । खड्काको मृत्युपछि चालक र मोटरसाईकललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प...
नेपाल सरकारद्धारा बाँसका भौतिक संरचना निर्माण मार्गदर्शन–२०८२ सार्वजनिक

नेपाल सरकारद्धारा बाँसका भौतिक संरचना निर्माण मार्गदर्शन–२०८२ सार्वजनिक

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ४ पुस । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय र ह्याबिटाट फर ह्युमानिटी नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङले शुक्रबार मार्गदर्शन विमोचन गर्नुभएको हो । मार्गदर्शन विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री घिसिङले रैथाने नेपाली निर्माण सामग्रीको रुपमा रहेको बाँसलाई निर्माण सामग्रीको रुपमा प्रयोग गर्न प्रत्सोहान गर्नुपर्ने बताउनुभएको छ । मन्त्री घिसिङले निर्माण सामग्रीको रुपमा बाँसलाई प्रयोग गर्न सकेमा स्थानीय युवाका लागि रोजगारी सिर्जना भएर ग्रामीण अर्थतन्त्रसमेत मजबुद हुनसक्ने तथा आयातित निर्माण सामग्रीलाई निरुत्साहित गर्दै व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ...
खोटेहाङ साहित्य महोत्सव २०८२ : साहित्यिक मूर्धन्यहरुको सिर्जना गुञ्जियो

खोटेहाङ साहित्य महोत्सव २०८२ : साहित्यिक मूर्धन्यहरुको सिर्जना गुञ्जियो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, विचार, शिक्षा, समाचार, समाज, साहित्य
खोटाङ, ४ पुस । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारमा ‘खोटेहाङ साहित्य महोत्सव–२०८२’ सुरु भएको छ । साहित्यको माध्यमबाट सामाजिक रुपान्तरण गर्ने उद्देश्यसहित खोटेहाङ प्रज्ञा–प्रतिष्ठान, खोटेहाङ गाउँपालिका खोटाङले खोटाङबजारमा दुई दिने साहित्यिक महोत्सव आयोजना गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्यमा आयोजना गरिएको महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले कविता वाचन गरेर गर्नुभएको छ । खोटेहाङ गाउँपालिकाको सभाहलमा आयोजित महोत्सवमा माध्यमिक तहका विद्यार्थीका लागि कविता प्रतियोगिता, बाल साहित्य तथा बाल मनोविज्ञानका बारेमा विचार विमर्श, ‘मुन्दुम र जोसमनी दर्शन, कति नजिक कति टाढा’ विषयक विचार गोष्ठी, ‘अर्थ राजनीतिक दृष्टिकोणबाट बसाइँसराइँको कारण न्यूनीकरणको उपाय’ विषयक विचार गोष्ठी तथा बृहत् कविता गोष्ठीको आयोजना गरिएको छ । महोत्सवमा नेपाल प्रज्ञा...
एमाले महाधिवेशन : खोटाङका विशाल, विणादेवी र उषाकला केन्द्रीय सदस्यमा निर्वाचित

एमाले महाधिवेशन : खोटाङका विशाल, विणादेवी र उषाकला केन्द्रीय सदस्यमा निर्वाचित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सदस्यमा खोटाङका तीन नेता निर्वाचित हुनुभएको छ । खुला केन्द्रीय सदस्यमा विशाल भट्टराई, खुला महिला केन्द्रीय सदस्यमा विणादेवी राई र आदिवासी जनजाति महिला केन्द्रीय सदस्यमा उषाकला राई निर्वाचित हुनुभएको हो । जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित तीनैजना नेताहरु केन्द्रीय अध्यक्षमा निर्वाचित केपी शर्मा ओली समूहबाट निर्वाचित हुनुभएको एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यले जानकारी दिनुभएको छ । जिल्ला उपाध्यक्ष आचार्यका अनुसार विशालले एक हजार ५२७, विणादेवीले एक हजार ८४६ र उषाकलाले एक हजार ८०४ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । यस्तै, केन्द्रीय अनुशासन आयोगको सदस्यमा कर्ण घले निर्वाचित हुनुभएको छ । तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ओली समूहबाटै उम्मेदवार बन्नुभएका घलेले दुई हजार ४२ मत ल्याएर लेखा समिति सदस्यम...
कोशी प्रदेशले खोटाङमा निजी क्षेत्रसँगको साझेदारीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने

कोशी प्रदेशले खोटाङमा निजी क्षेत्रसँगको साझेदारीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २ पुस । कोशी प्रदेश सरकारले खोटाङमा निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रु तीन करोड लगानीमा केन्द्र सञ्चालन गर्न लागिएको हो । प्राकृतिक रूपमा उत्पादन हुने बहुमूल्य जडीबुटीहरूको वैज्ञानिक ढङ्गले सङ्कलन, भण्डारण तथा प्रशोधन गर्न यो केन्द्र स्थापना गर्न लागिएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बताउनुभएको छ । खोटाङ उद्योग वाणिज्य सङ्घको समन्वयमा बुधबार दिक्तेलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले यस्तो जानकारी दिनुभएको हो । मन्त्री राईले खोटाङमा स्थापना गर्न लागिएको यो केन्द्र कोशी प्रदेशकै एकमात्र जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र हुने जानकारी दिनुभ...