Friday, July 31

Author: खाँटी कुरा

सुनकोशीको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको नाकाबन्दीमा

सुनकोशीको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको नाकाबन्दीमा

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ४ जेठ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सिधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको हो । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज निकालेपछि खोटाङ्गे जनताका लागि करिब छ महिना दुःखका दिन पुनः दोहोरिएको छ । फोक्सिङटार र बङ्शिलाघाटमा मोटरेबल पक्की पुल नहुँदा हिउँदको समयमा जडान गर्ने र वर्षाद लागेपछि पुनः खोलेर राख्नेगरी अस्थायी बेलिब्रिजको विकल्प अगाडि सारिएको हो । मौसम परिवर्तनसँगै निरन्तरको वर्षाले सुनकोशीमा पानीको सहत बढेसँगै वैशाख–२७ गतेबाट बङ्शिलाघाटको बेलिब्रिज निकाल्न थालिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । खोटा...
खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव : खेल क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धनमा जोड

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव : खेल क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धनमा जोड

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, पर्यटन, शिक्षा, समाचार, समाज, साहित्य
खोटाङ, ३ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘तेस्रो बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ आज (आइतबार)बाट औपचारिकरुपमा सुरु भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्तरुपमा आयोजना गरेको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव यही जेठ–९ गतेसम्म सञ्चालन हुनेछ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । “खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटकीय जिल्लाको रुपमा विकास गर्न तेस्रो पटक महोत्सव आयोजना गरेका हौँ । छ दिनसम्म सञ्चालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको...
पत्रकारिता पेसालाई सुरक्षित बनाउन ‘जेष्ठ पत्रकार पेन्सन कोष’ स्थापना

पत्रकारिता पेसालाई सुरक्षित बनाउन ‘जेष्ठ पत्रकार पेन्सन कोष’ स्थापना

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २ जेठ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले ‘जेष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरेको छ । पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यवसायिक तथा उत्तरदायी बनाउने उद्देश्यसहित पत्रकार महासङ्घ खोटाङले जेष्ठ पत्रकार पेन्सन कोष स्थापना गरेको हो । जेष्ठ पत्रकारहरुको हित संरक्षण, आत्मसम्मान अभिवृद्धि, सामाजिक सुरक्षा सुनिश्चितता तथा उनीहरुको अनुभव, योगदान र समपर्णको उच्च कदर गर्न जिल्लामा ‘जेष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरिएको नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हरिवोल आचार्यले जानकारी दिनुभएको छ । “पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यवसायिक तथा उत्तरदायी बनाउन जेष्ठ पत्रकार पेन्सन कोष स्थापना गरिएको छ । यसका लागि सुरुमा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्कमा रु दश लाख जम्मा गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नु...
ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान

ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ३१ वैशाख । ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई सहज जीवनयापनका लागि सहायक सामग्री वितरण गरिएको छ । गाउँपालिकाभित्र बसोवास गर्दै आएका अपाङ्गता भएका व्यक्तिमध्ये सात जनालाई ह्वील चियर, चार जनालाई ट्वाइलेट चियर, दश जनालाई एलकेन लौरो, दुई जनालाई हेयरिङ एड, एक जनालाई मोडिफाइ सुज र दुई जनालाई कृतिम हात वितरण गरिएको हो । गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत विनियोजन भएको रु तीन लाख बजेटमार्फत विभिन्न प्रकारका सहायक सामग्री खरिद गरेर वितरण गरिएको कार्यक्रम संयोजक भक्तबहादुर राईले जानकारी दिनुभएको छ । ऐसेलुखर्क गाउँपालिकामा गाउँपालिका, कोशी प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको संयुक्त साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाको कार्यालय ऐसेलुखर्क बजारमा आज (बिहीबार) आयोजि...
रावाबेँसी गाउँपालिकाले सुरु ग¥यो आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह

रावाबेँसी गाउँपालिकाले सुरु ग¥यो आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ३१ वैशाख । रावाबेँसी गाउँपालिकाले आफ्नै सुविधा सम्पन्न पक्की प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाको केन्द्र कुभिण्डेस्थित हरमटारका स्थानीयले निःशुल्क उपलब्ध गराएको पाँच रोपनी आठ आना जग्गामा निर्माण गरिएको साढे चारतले प्रशासनिक पक्की भवनमार्फत गाउँपालिकाले आज (बिहीबार)बाट औपचारिक रुपमा आफ्नो दैनिक सेवा प्रवाह सुरु गरेको हो । सङ्घीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशतगरी लगानीमा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश दाहालले जानकारी दिनुभएको छ । “गाउँपालिकाको प्रशासनिक भवन नहुँदा ट्रस भवन निर्माण गरेर प्रशासनिक काम गरिरहेका थियौँ । त्यसलाई हटाएर सोही ठाउँमा सुविधा सम्पन्न पक्की प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “प्रशासनिक भवन निर्माणको क्रममा सभाहलको साँघुरो कोठामार्फत सेवा प्रवाह गर...
एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २९ वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित जनता माध्यमिक विद्यालयको नतिजा शून्य भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उक्त विद्यालयका १२ विद्यार्थी एसइईमा सहभागी भएकामा १२ जना नै अनुत्तीर्ण भएका हुन् । दश स्थानीय तह रहेको जिल्लामा ६५.४२ प्रतिशत विद्यार्थीले एसइई उत्तीर्ण गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई खोटाङले दिएको जानकारी अनुसार यस वर्ष अघिल्लो वर्षभन्दा १०.७३ प्रतिशतले एसइईको नतिजामा सुधार आएको हो । गत वर्षको एसइईमा जिल्लाभर ५४.६९ प्रतिशत विद्यार्थीले मात्र एसइई उत्तीर्ण गरेका थिए । यो वर्ष जिल्लाका १०५ वटा माध्यमिक विद्यालयबाट दुई हजार ८५७ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए । साधारण धारतर्फ दुई हजार ४५२ जना विद्यार्थी एसइईमा सहभागी भएकामा एक हजार ६५५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसम...
खोटाङको दुई नाकामा बेलिब्रिज : बङ्शिलाघाटको हटाउन थालियो, फोक्सिङटारको तयारी

खोटाङको दुई नाकामा बेलिब्रिज : बङ्शिलाघाटको हटाउन थालियो, फोक्सिङटारको तयारी

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २८ वैशाख । खोटाङलाई पूर्वी तराईसँग सिधा यातायात सम्पर्कमा जोड्ने सुनकोशीस्थित बङ्शिलाघाटको अस्थायी बेलिब्रिज हटाउन थालिएको छ भने, फोक्सिङटारको तयारी गरिएको छ । केही दिनदेखि निरन्तर वर्षा भएसँगै सुनकोशीमा पानीको बहाव बढेपछि दुवै ठाउँको अस्थायी बेलिब्रिज हटाउन थालिएको हो । फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालेपश्चात् पूर्वी तराईका विभिन्न जिल्लासँग खोटाङको सिधा यातायात सम्पर्क करिब छ महिना टुट्ने गरेको छ । फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालेपछि खोटाङ्गेको दुःखका दिन पुनः दोहोरिने भएको छ । मौसम परिवर्तनसँगै निरन्तरको वर्षाले सुनकोशीमा पानीको सहत बढेसँगै वैशाख–२७ गते (आइतबार)बाट बेलिब्रिज निकाल्न थालिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । बङ्शिलाघाटमा पहिलो पटक गत माघ–२४ गते बेलिब्रिज जडान ग...
साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा

साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, संगीत, समाचार, साहित्य
खोटाङ, २६ वैशाख । साहित्यकार विष्णुभक्त राई ‘विभरा किराती’को कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ कुइपामा जन्मिएर ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा बसेर साहित्य सिर्जना गर्दै आउनुभएका साहित्यकार विभरा किरातीले चौथो कृतिको रुपमा ‘आदिम फूल’ कविता सङ्ग्रह प्रकाशन गर्नुभएको हो । नेपालका आदिवासी जनजाति समुदायको अवस्था तथा किराती सभ्यता र संस्कृतिलाई प्रमुख प्राथमिकतामा राखेर प्रकाशन गर्नुभएको कविता सङ्ग्रह ‘आदिम फूल’मा ३८ वटा फुटकर कविता समेटिएका छन् । नेपाली समाजमा भएका वर्गीय, जातीय, साँस्कृतिक एवम् राजनीतिक परिवेशलाई समेत समेटेर प्रकाशन गरिएको ‘आदिम फूल’ कविता सङ्ग्रह शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले औपचारिक रुपमा विमोचन गर्नुभएको छ । कविता सङ्ग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्नु...
उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य

उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २६ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाअभियान’ कार्यक्रम सुरु गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेर उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम सुरु गरेको हो । उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम अन्तरगत कफी खेतीको सम्भावना रहेका वडाहरूको पहिचान गरेर किसानलाई कफीको बिरुवा निःशुल्क वितरण गर्दै प्राविधिक सहयोगसमेत उपलब्ध गराउने गरिएको छ । हरेक वडाका किसानलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै प्रतिवर्ष दश लाख किलोग्राम प्रशोधित कफी उत्पादन गर्ने लक्ष्यसहित उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम सुरु गरेको हो । महाअभियान अन्तरगत यो वर्ष नगरपालिकाभित्र कम्तिमा पनि आठ हेक्टर क्षेत्रफल जमिनमा २८ लाख कफीका बिरुवा रोप्ने तयारी गरिएको नगर उपप्रमुख विशन रा...
लोपोन्मुख भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न फेदीमा ‘हनी हन्टिङ’ महोत्सव

लोपोन्मुख भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न फेदीमा ‘हनी हन्टिङ’ महोत्सव

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २४ वैशाख । केपिलासगढी गाउँपालिकाले आगामी जेठ पहिलो साता भीर मौरीको ‘हनी हन्टिङ’ मह सिकार महोत्सव आयोजना गर्ने भएको छ । लोपोन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले आगामी जेठ–८ गते वडा नं. १ फेदीमा एकदिने हनी हन्टिङ महोत्सव आयोजना गर्ने भएको हो । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजित ‘हनी हन्टिङ’ महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकाको धेरै भीरहरुमा भीर मौरी पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा ‘हनी हन्टिङ’ महोत्सव आयोजना...