पत्रकारिता पेसालाई सुरक्षित बनाउन ‘जेष्ठ पत्रकार पेन्सन कोष’ स्थापना
खोटाङ, २ जेठ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले ‘जेष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरेको छ । पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यवसायिक तथा उत्तरदायी बनाउने उद्देश्यसहित पत्रकार महासङ्घ खोटाङले जेष्ठ पत्रकार पेन्सन कोष स्थापना गरेको हो ।
जेष्ठ पत्रकारहरुको हित संरक्षण, आत्मसम्मान अभिवृद्धि, सामाजिक सुरक्षा सुनिश्चितता तथा उनीहरुको अनुभव, योगदान र समपर्णको उच्च कदर गर्न जिल्लामा ‘जेष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरिएको नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हरिवोल आचार्यले जानकारी दिनुभएको छ । “पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यवसायिक तथा उत्तरदायी बनाउन जेष्ठ पत्रकार पेन्सन कोष स्थापना गरिएको छ । यसका लागि सुरुमा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्कमा रु दश लाख जम्मा गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नु...









