देशभरका वौद्धिक वर्गको एउटै आवाज : डा. हरि रोका प्रतिनिधिसभाका लागि उपयुक्त पात्र
खोटाङ, १ फागुन । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकाले खोटाङबाट आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएपछि जिल्लाको चुनावी माहोल तातिएको छ । यही फागुन–२१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डा. रोकाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट प्रत्यक्षतर्फको उम्मेदवारी दिनुभएको हो ।
डा. रोका उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिनुभएसँगै देशभरका वौद्धिक वर्गले शुभकामना दिँदै जिताएर पठाउन खोटाङ्गे मतदातालाई आव्हान गरिरहेका छन् । अर्थशास्त्री डा. पिताम्बर शर्मा, कानूनविद् युवराज सङ्ग्रौला, किरात प्रज्ञा प्रतिष्ठानका कूलपति जयकुमार राई, लेखक÷साहित्यकारहरु खगेन्द्र सङ्ग्रौला, युग पाठक र झलक सुवेदी, शल्य चिकित्सक डा. कृष्णकुमार राई ‘केके’, लेखक÷साहित्यकारहरु डा. विष्णु राई र डा. नारायण ढकाल, अधिवक्ता प्रतीक कार्की लगायतका वौद्धिक वर्गले डा. रोकाप्रति सुभेच्छा प्रकट गर्दै जिताए...









