टाउकोमा पानी जमेका बिरामीको उपचारमा आर्थिक सहयोग गर्न वडा कार्यालयको अपिल
खोटाङ, २९ माघ । टाउकोमा पानी जम्ने समस्याले गम्भीर बिरामी पर्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३३ वर्षीय रामकुमार थापाको उपचारमा आर्थिक अभाव भएको छ । एकपटक शल्यक्रिया (अप्रेशन) गराइसक्नुभएका थापाको पुनः अप्रेशन गर्नुपर्ने भएपछि खर्च अभाव भएको हो ।
शिक्षण अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका थापाको टाउकोमा अप्रेशनपछि दुईवटा स्टिल प्लेट राखिएको छ । अप्रेशन गर्नेक्रममा राखिएका स्टिल प्लेट निकाल्न नमिल्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
पहिलो अप्रेशन गरेको १९ महिना भएको बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भोग्दै आउनुभएका थापाका लागि यसअघि पनि चन्दा सङ्कलन गरेरै अप्रेशन गरिएको स्थानीयले बताएका छन् ।
अप्रेशनअघि थापाको आँखा राम्ररी नदेख्ने तथा कान नसुन्ने समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । अप्रेशनपछि केही सुधार देखिए पनि करिब तीन मह...







