सङ्गठितरुपमा बैङ्किङ कसुर गरेको आरोपमा खोटाङका एक युवक पक्राउ
खोटाङ, ४ असार । बैङ्किङ कसुर गरेको आरोपमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २७ वर्षीय सरोज राईलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको मन्थलीमा दर्ता भएको किटानी जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले आरोपित सरोजलाई बिहीबार पक्राउ गरेको हो ।
बैङ्किङ कसुरमा मुद्दा दर्ता भएपछि फरार बनेका सरोजलाई लुकिछिपी बसेको अवस्थामा डिकुवास्थित दाम्लीबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । ईलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको सरोजलाई कानूनी प्रक्रिया पुरा गरेर थप कारबाहीका लागि बिहीबार जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको प्रहरीले जनाएको छ ।
बैङ्किङ कसुर गरेको आरोपमा पक्राउ परेका सरोजसहित तीन जनाले वित्तीय संस्थामा बचतकर्ताले जम्मा गरेको रु ७२ लाख ३७ हजार ३३५ ठगी गरेको किटा...









